बैतडीका एक युवकको डेंगी संक्रमणबाट मृत्यु

बैतडी- बैतडीका एक युवकको डेंगी संक्रमणबाट मृत्यु भएको छ।जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ चनेताका २० वर्षिय विजय भट्टको डेंगी संक्रमणबाट मृत्यु भएको आफन्त गणेश दत्त भट्टले जानकारी दिए।

रोजगारीको सिलसिलामा तीन महिनादेखी भारतको नयाँ दिल्ली आजादपूरमा काम गर्दै आएका भट्टको बिहीवार डेंगी संक्रमणबाट मृत्यु भएको उनले बताए । तीन दिन पहिले उच्च ज्वरो आएपछि बिरामी भएका विजयलाई बुधबार अस्पताल लगेर चेकजाँच गराउँदा डेंगी संक्रमण देखीएको थियो ।

Navadurga sun

डेंगी देखा परेर औषधि सेवन गरिरहेका उनलाई बिहीवार फेरि उच्च ज्वरो आएर आजादपूर स्थित फोर्टिज हस्पिटलमा भर्ना गरिएको थियो । बिहान हस्पिटल भर्ना गरिएका उनको दिउँसो उपचारकै क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...