गोदावरी नगरपालिका १० ले वडामा रहेका विभिन्न वर्ग समुदायका व्यक्तिलाई सामग्री वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० ले वडाका विभिन्न वर्ग समुदायका व्यक्तिहरुलाई सामग्री वितरण गरेको छ ।

Navadurga sun
Godawari sandesh

वडाले आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम अनुसार वडामा रहेका विभिन्न वर्ग समुदायका व्यक्तिहरुलाई आवश्यकता अनुसारका सामग्री वितरण गरिएको हो । वडामा रहेको दलित समुदायका १० जना व्यक्तिलाई आरनको पंखा र ४ जनालाई कटर मेसिन वितरण गरेको वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले जानकारी दिए ।

Dadeldhura hospital

त्यसैगरी वडामा रहेका एच.आई.भि. संक्रमितहरुलाई पौष्टिक आहार र ७० वर्ष भन्दा माथीका ज्येष्ठ नागरिकलाई छाता वितरण गरेको शाहीले बताए ।

उक्त वडाले खमौरा सहरी स्वास्थ्य क्लिनिक र चाँप सल्ली स्वास्थ्य क्लिनिकलाई औषधी सामग्री तथा उपकरण समेत वितरण गरिएको शाहीले जानकारी दिए । त्यहाँका स्थानिय नागरिकहरुले सहज रुपमा औषधी उपचार पाउन भन्ने उद्देश्यले उक्त सहरी स्वास्थ्य क्लिनिकलाई औषधी सामाग्री तथा उपकरण वितरण गरिएको शाहीले बताए ।

Loading...