कञ्चन विद्या मन्दिरमा करोडौंको भ्रष्टाचार

महेन्द्रनगर- महेन्द्रनगरको कञ्चन विद्या मन्दिरमा करोडौंको भ्रष्टाचार भएको प्रमाण अहिले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । सो विद्यालय कञ्चन विद्या मन्दिर गुठीबाट सञ्चालित संस्था हो । सार्वजनिक संस्था भएकोले ‘क’ श्रेणीका वाणिज्य बैंकमा मात्रै उक्त विद्यालयको खाता रहनुपर्ने कानुनी व्यवस्थासमेत रहेको छ भने, सहकारी संस्थामा विद्यालयको रकम स्थानान्तरण गरिएको छ ।

कानुनअनुसार विद्यालयको खाता अध्यक्ष र क्याम्पस प्रमुख वा कोषाध्यक्षको नामबाट सञ्चालन हुनुहुपर्ने हो । तर, वैधानिक व्यवस्थाविपरीत खाता सञ्चालनमा कानुनले नचिन्ने प्रमुख सहजकर्ताको हस्ताक्षर राखेर विद्यालयले अर्को कानुनी त्रुटी गरेको देखिएको छ ।

Navadurga sun

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष भूवनसिंह विष्टले विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रमुख सहजकर्ताको संयुक्त खातामा जम्मा भएको २ करोड रुपैयाँ सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

वचतकर्ताको अर्बौ अपचलन गरेर बन्द रहेको शिवशिखर सहकारी संस्थामा विद्यालयका अध्यक्ष दुर्गाप्रसाद जोशी र प्रमुख सहजकर्ता राजकुमार साउदले खाता खोल्दा भरेको फाराम विष्टले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । त्यसैगरी अध्यक्ष विष्टले उक्त रकम विद्यालयको हुनसक्ने दावी गर्दै छानविनको मागसमेत गरेका छन् ।

बचत कर्ताहरूको अर्बौ अपचलन गरेको खुलासा भएपछि शिवशिखर सहकारी संस्था लामो समयदेखि बन्द रहेको छ । विद्यालयले उक्त सहकारीमा राखेको रकमबारे प्रहरीमा उजुरी नगरिएको र कञ्चनपुर प्रहरीले ३ महिनाअघि सहकारीमा बचत जम्मा गर्नेबाट उजुरी आह्वानसमेत गरेका थिए । २ हजार ५ सयभन्दा बढी बचतकर्ताले उजुरी दिएका थिए भने कञ्चन विद्या मन्दिरले कुनै पनि उजुरी नै नगरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

विद्यालयको रकम अवैधानिक तरिकाले सहकारीमा व्यक्तिगत नाममा जम्मा गरेको खुलासा हुनै लाग्दा व्यवस्थापन समिति अध्यक्षले राजीनामा दिएका छन् भने सहजकर्ता साउदको राजीनामा चौतर्फी माग बन्न थालेको छ । अध्यक्ष जोशी र सहजकर्ता साउदले भने विद्यालयमा कुनै भ्रष्टाचार नभएको दावी गरेका छन् । विद्यालयका पूर्वविद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकले घोटाला छानविनको माग गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।

उक्त विद्यालयमा थप करोडौंको भ्रष्टाचार भएको सूचनासमेत प्राप्त हुन् थालेका छन् भने केही वर्ष पहिले उक्त विद्यालयमा आगो लगाएर भ्रष्टाचार लुकाइएको प्रकरणसमेत अहिले चर्चामा रहेको छ । कञ्चन विद्या मन्दिरमा भएको करोडौंको भ्रष्टाचार लुकाउन चलखेल पनि भइरहेको छ । सबै राजनीतिक दलका स्थानीय नेताले उक्त प्रकरण दबाउन प्रयास गरिरहेको सूचना प्राप्त भएको छ भने राजनीतिक दलले आफ्ना विद्यार्थी संगठलाई भ्रष्टाचार प्रकरणमा नबोल्न निर्देशन समेत दिएका छन् । कारोबारबाट

 

ADD Khali jpg
ADD Khali jpg
Loading...