सुदूरपश्चिमका पहाडी जिल्लामा इन्धन अभाव

बैतडी- सुदूरपश्चिमका पहाडी जिल्लामा इन्धन अभाव भएको छ। एक सातादेखि अवरुद्ध भीमदत्त राजमार्गमा सहज आवागमन हुन नसकेपछि यहाँका पहाडी जिल्लामा इन्धनको अभाव भएको हो।

Ganyapdhura gau

राजमार्ग अवरुद्ध बनेसँगै इन्धन आपूर्ति रोकिएपछि तीन दिनदेखि इन्धन सकिएको बैतडीस्थित आयल स्टोरका सञ्चालक दीपक बोहराले बताए। ‘आन्तरिक रुटमा सवारी चलेकै छन्, तराईबाट आउने गाडी आएनन्, इन्धन पनि आएन, यहाँ मौज्दात रहेको इन्धन सकियो’ उनले भने। बैतडीमा एक मात्रै आयल स्टोर छ।

Navadurga sun
Godawari sandesh

दार्चुलाको गोकुलेश्वरमा रहेको बालिचन आयल स्टोरमा पनि इन्धन सकिएको छ। ‘४ दिन भइसक्यो इन्धन छैन,’ स्टोरका सञ्चालक सुरेश साउँदले भने, ‘एम्बुलेन्स र अत्यावस्यक रुपमा चाहिनेहरूका लागि मात्रै १० लिटरका दरले दिइरहेको छु।’

Dadeldhura hospital

यतिबेला बजारमा इन्धन पाइन छाडेपछि सवारीसाधन ठप्प जस्तै बनेको डडेल्धुरा उग्रतारा सार्वजनिक यातायातका खोडपे काउन्टर इन्चार्ज अर्जुन बिष्टले बताए। ‘केहीसँग मौज्जात रहेको इन्धनले गाडी चलिरहेका छन्, इन्धनकै अभावमा करिब ९० प्रतिशत सवारी साधन प्रभावित बने,’ उनले भने।

तराईका जिल्ला कैलाली र कञ्चनपुरबाट ७ पहाडी जिल्लामा यतायात प्रभावित भएपछि खाद्यान्न लगायत उपभोग्यका सामान पनि महंगिएको छ। खाद्यान्न तथा अन्य उपभोग्य सरसामान तराईका जिल्लाबाटै भित्रिने गरेका छन्। यसैगरी पहाडी क्षेत्रमा हुने तरकारी उपजले बजार पाएको छैन। आलु, बन्दा, मुला लगायतका मौसमी तरकारीले यतिबेला बजार पाएको छैन।

सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला प्रदेश राजधानी कैलाली र कञ्चनपुरबाट पहाडका ७ जिल्ला डोटी, अछाम, बाजुरा, डडेलधुरा, बझाङ, बैतडी र दार्चुला आउने सवारी साधन तथा पहाडी ७ जिल्लाबाट तराइ जाने सवारीसाधन प्रभावित बनेका छन्।

राजमार्ग पूर्ण रुपमा सुचारु भई नकसेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। पहाडबाट आउने गाडी र सानो गाडीहरूलाई सहज भइरहेको र लोड बोकेका गाडीहरू सञ्चालन गर्न निकै कठिनाइ भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी सहायक निरीक्षक जनक बहादुर धानुकले बताए। मर्मतको काम भने जारी रहेको उनले बताए।

 

Couple
Loading...