खरको झुपडी हटाएर नमुना बस्ती बनाइने

महेन्द्रनगर- भीमदत्त नगरपालिका–१३ ले घरका छाना विस्थापित गरी पक्की घर बनाउने योजना सार्वजनिक गरेको छ। सो योजनाले खर र फुसका झुपडीमा बस्दै आएका १८ घरपरिवार लाभान्वित हुने छन्।

वडाध्यक्ष रामचन्द्र बोहराले कच्ची घर विस्थापित गरेर पक्की घर बन्न लागेको जानकारी दिए । सोनापुर टोलको अति पिछडिएको बस्ती विपन्न बस्तीका नामले परिचित छ। सो बस्तीका १८ र वडाभित्र अन्य गरी जम्मा ३० घरपरिवार कच्ची फुसका घरमा बसोबास गर्दै आइरहेका छन्।

Navadurga sun

एक घर निर्माण गर्न तीन लाख रुपियाँको अनुमानित बजेटमा दुई कोठा, भान्सा र बरन्डासहितको पक्की घर बन्ने छन्। वडामै सबैभन्दा पिछडिएका बस्तीका रूपमा परिचित सोनापुर टोलमा अधिकांश दलित समुदायको बाहुल्य रहेको छ।

“अहिले घर बनाउने काम सुरु गरिसकेका छौँ, १८ घर पहिलो चरणमा र १२ घर पछिल्लो चरणमा गरेर यस आर्थिक वर्षभित्रै पूरा गर्ने योजना बनाएका छौँ,” वडाध्यक्ष बोहराले भने, “यसका लागि नगरपालिका र वडा कार्यालयले आवश्यक बजेट छुट्याइसकेको छ।”

सो बस्तीमा बसोबास गर्ने पुरुष भारतमा मजदुरी गर्न जाने गर्छन् भने महिला महाकाली नदीमा गिट्टी, बालुवा छानेर गुजारा चलाउने गर्छन्। सोनापुर टोलमा बस्ने १८ परिवारको जग्गासमेत ऐलानी भएको र उनीहरूलाई सरकारले सेतो लालपुर्जा मात्रै दिएको छ।

स्थानीय जमुना दमाईले खान लाउन त यस्तै मजदुरी गरेर पुग्छ तर घर बनाउन सकेमा राम्रो हुने बताउनुभयो। जे होस् काम सुरु भाएको छ, अब घर पाइन्छ भन्ने आशामा छु, स्थानीय एनकला दमाईले भने।

ADD Khali jpg
ADD Khali jpg
Loading...