युवासंघको अधिवेशनमा वडाध्यक्ष माथि कुटपिट

कञ्चनपुर- नेकपा एमालेको भ्रातृ संगनठन युवासंघ कञ्चनपुरको जिल्ला अधिवेशनमा कार्यकर्ताहरूबीच विवादको क्रममा भीमदत्त नगरपालिका १८ का वडाध्यक्षमाथि कुटपिट भएको छ ।

शनिबार दिउँसो भएको विवाद चर्किएपछि अध्यक्ष रविन्द्र देवकोटामाथि हातपात हुँदा उनी घाइते भएका हुन् ।अध्यक्ष देवकोटाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीका अनुसार देवकोटालाई महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको छ । अध्यक्ष देवकोटामाथि हातपात गर्नेविरुद्ध उनकी श्रीमतीले जाहेरी दिएकी छन् । शनिबार भएका कारण जाहेरी दर्ता हुन नसकेको डीएसपी डांगीले बताए ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...