अत्तरियाबाट लागुऔषधसहित दुई जना पक्राउ

धनगढी- कैलालीको अत्तरियाबाट आगुऔषधसहित दुई जना पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोडस्थित एक होटलमा काम गर्ने बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय दिपेश धामीलाई पक्राउ गरेको थियो।

Navadurga sun

उनलाई थप सोधपुछ गर्दा गोदावरी नगरपालिका वडा नम्बर का ३६ वर्षिय बसन्त खत्री पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

धामीको साथबाट १६० मिलीग्राम लागुऔषध फेला परेको थियो। धामीले दिएको बयानका आधारमा पक्राउ परेका खत्रीको साथबाट ९८० मिलीग्राम लागुु औषध बरामद गरिएको हो। दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...