कैलालीमा नदीमा डुबेर दुई बालिका बेपत्ता

धनगढी- कैलालीमा नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुर शिबिरमा बस्दै आएका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिबिरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन्।

शुक्रवार घरमा कसैलाई जानकारी नगराई हराएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। दुबै बालिकाको खोजी कार्य भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताए।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...