कञ्चनपुरको लालझाडीमा रहेको झुलंगे पुल जोखिममा

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ। ४६० मिटर रहेको उक्त झुलङ्गे पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो।

गत वर्ष एम आर ई डी परियोजनाद्वारा निमार्ण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काई दिएको छ। नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुको गुनासो छ।

Navadurga sun

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकाले यसको तुरुन्त अनुगमन गर्नुपर्ने र पुललाई कसरी सुरक्षित राख्न सकिन्छ त्यस तर्फ पहल गर्नुपर्ने स्थानीयको भनाई छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...