कञ्चनपुरमा एकै दिन दुई जना मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको बेदकोट नगरपालिकामा बिहिवार जना मृत फेला परेका हुन्।

प्रहरीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका-८ भाँसीका ५२ वर्षीय कालु सिंह सेट्टी दुई दिन देखी बेपत्ता रहेका थिए। उनको शव बिहीबार बिहान सोही पालिकाको-७ वसन्तपुर स्थित काङला खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ।

Navadurga sun

यस्तै भीमदत्त नगरपालिका-३ सुन्दर टोलमा नहरको छेउमा सोही पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...