अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

अछाम- अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका ७२ वर्षीय टेकबहादुर कुँवरको बिहीबार मृत्यु भएको हो।

कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरिडाडा भन्ने ठाउमा अरिंगालले टोकेको थियो। माहुरीले टोकेर गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले सो बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...