खुटिया घाटबाट लागु औषधसहित दुई जना पक्राउ

धनगढी- धनगढी उपमहानगरपालिकाको खुटिया घाटबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी वडा नम्बर १४ फूलवारीको खुटिया घाटबाट चरेससहित दुई जनालाई बुधवार पक्राउ गरेको हो।

Dadeldhura hospital

इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले भारततर्फ लैजादै गरेको ४ किलो ३० ग्राम चरेससहित प्युठानको लुङ गाउँपालिका–७ का ४२ वर्षीया मिना बुढाथोकी र रुकुम पश्चिम बासिकोट गाउँपालिका-७ का ३९ वर्षीय भिमसेन खत्रीलाइ चरेससहित नियन्त्रणमा लिइएको हो।

Navadurga sun
Godawari sandesh

प्रवक्ता कुलदिप चन्दका अनुसार दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएको छ। उनीहरुमाथी थप अनुसन्धान भैरहेको छ ।

 

 

Loading...