काठमाडौं- कञ्चनपुरको बेलौरी आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । बाढी पूर्वानुमान महाशाखाले बेलौरी आसपास भएर बग्ने सुहेली, चौधरलगायत साना खहरे खोलामा बाढीको जोखिम रहेको जनाएको छ । ती ठाउँका तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बिहानसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।



त्यस्तै, गएराति नवलपरासी, रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवालगायत आसपासका क्षेत्रमा पनि ठूलो पानी परेको छ । ती क्षेत्रमा पनि आज बिहानसम्म नै सतर्कता अपनाउन भनिएको छ ।


आज सबै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।