भारतमै अस्ताए बैतडीका पुष्कर

बैतडी – भारतमा रोजगारीको सिलसिलामा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ बर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो ।

Dadeldhura hospital

रोजगारीका लागि एक बर्ष अघि राजस्थान पुगेका पुष्करको बसको ठक्करबाट निधन भएको पारिवारिक श्रोतले जनाएको छ । काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको थियो ।

Navadurga sun
Godawari sandesh

बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको उनका आफन्त महेश बोहराले बताए । मृतक पुष्करको घरमा श्रीमति, एक छोरी, आमाबुवा र भाइ रहेका छन् ।

Loading...