बैतडीमा दुई अवैध क्लिनिक सिल

बैतडी– बैतडीमा दुई अवैध क्लिनिक सिल गरिएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ पाटन बाजरमा सञ्चालित अवैध स्वास्थ क्लिनिक र दन्त क्लिनिक बन्द गरिएको हो। नियम विपरीत सञ्चालन गरिएको उक्त क्लिनिकमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले सिल गरेको बताइएको छ।

Ganyapdhura gau

इलाका प्रहरी कार्यालय पाटनको अगाडि ४ महिना पहिलेदेखि सिएमए पढेका सुर्खेतका फत्तबहादुर खड्काले सञ्चालन गरेको निभा स्वास्थ्य क्लिनिक दर्ता नै नगरी सञ्चालन गरेकोले बन्द गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सिएमए पासले मेडिकल तथा औषधि पसल सञ्चालन गर्न पाउँदैनन्। खड्काले अहिले भिमदत्त प्राविधिक कलेजबाट फार्मेसी पढाई गरिरहेको बताए। उनको पसलबाट अवैध गर्भवतन गर्ने औषधिहरु र चिकित्सकको सल्लाहबिना बिक्री वितरण गर्न नपाउने औषधि बरामद गरी इलाका प्रहरी कार्यालयमा नष्ट गर्नका लागि बुझाएको जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहराले बताए।

अनुगमन टोलीले पाटन–६ बजारमै रहेको ओम कान्तिपुर डेन्टल केयर नामको दन्त क्लिनिक पनि सिल गरेको छ। दर्ताबिना र दन्त क्लिनिक सञ्चालनमा रहेकोकाले सिल गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।

स्वास्थ्य क्लिनिकहरु स्थानीय तहको सिफारिसमा स्वास्थ्य कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था छ। त्यसका लागि भौतिक संरचनाहरुको विवरणसमेत नियममा खुलाइएको छ। पछिल्लो समय बैतडीमा अवैध क्लिनिक बन्द गर्न स्वास्थ्य कार्यालय र जिल्ला प्रशासनले कडा अनुगमन गरिरहेका छन्।

 

 

Loading...