कञ्चनपुरमा अवैध कुखुरा र जिपसहित पक्राउ परे शेरसिंह

Dadeldhura hospital

धनगढी- कञ्चनपुरमा अवैध कुखुरा र जिप सहित एक जना पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–११ कलुवापुर स्थित राजमार्गबाट आइतबार राति इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–११ का ४० वर्षीय चालक शेरसिंह खडकालाई पश्चिमबाट पूर्व जाँदै गरेको म।१च। ६९५ नम्बरको बलेरो जिपसहित पक्राउ गरेको हो।

Ganyapdhura gau

चेकजाँच गर्दा विलभरपाई नभएका अवैध बोईलर कुखुरा ५०० पिस फेला पारी १० लाख बराबरको बलेरो जिपसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ।

 

 

Loading...