कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ पिपल चौतराबाट १०० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका ३१ वर्षीय मालराम डगौरा आईतवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगरबाट खटिइएको प्रहरी टोलीले उनको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको हो।

यस्तै कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरबाट २१० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २३ वर्षीय खगेन्द्र बाठामगरसहित पाँचजनालाई आईतवार राति प्रहरीले पक्राउ गरेको जनाएको छ।

Navadurga sun

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध फेलापारी पक्राउ गरेको हो। यस सम्बन्धमा थपअनुसन्धान भइरहेका प्रहरीले बताएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...