कञ्चनपुरमा स्कोरपियोले मोटरसाइकल ठोक्यो, एक घाइते

Dadeldhura hospital

कञ्चनपुर-कञ्चनपुरमा स्कोरपियोको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्। जिल्लको बेलौरी नगरपालिका–५ स्थित कलुवापुर सडक खण्डमा आइतबार बिहान बा १२ च ३६३२ नम्बरको स्कोरपियोले से २ प ७१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

Ganyapdhura gau

ठक्करबाट मोटरसाइकल चालक बेलौरी–५ शोभातालका रामप्रसाद चौधरी घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ। स्कोरपियो चालक फरार छन्। गाडी अहिले बेलौरी प्रहरीको नियन्त्रणमा छ।

 

Loading...