पालिकाको भवन निर्माणमा कमसल सामग्री

महेन्द्रनगर- भीमदत्त नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवनमा खुल्लमखुल्ला गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको छ। पालिकाको भवनको दोस्रो र तेस्रो तलाको भित्तामा गुणस्तरहीन दोयम इँटा प्रयोग भइरहेको हो। नगरपालिकाका प्राविधिक, कर्मचारी र नगर नेतृत्वले भने त्यसप्रति आँखा चिम्लिएको आरोप स्थानीयको छ। निर्माण कम्पनीले कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा दोयम इँटा प्रयोग गरिरहेको आरोप लागेको छ।

Ganyapdhura gau

आँगनमै निर्माण भइरहेको प्रशासकीय भवनमा कमसल सामग्री प्रयोग भइरहेको भए पनि जनप्रतिनिधि र कर्मचारी मौन छन्। उपप्रमुख नीलम जोशी नेतृत्वको अनुगमन समितिले पनि मौन बसेको कर्मचारी बताउँछन्। धनगढीबाट ल्याइएका गोदावरी र बीबीएफ नाम अङ्कित दोयम इँटा प्रयोग गरेर दोस्रो र तेस्रो तलाको चिनाइ गरिरहेको प्रत्यक्ष रूपमा देख्न सकिन्छ। प्रशासकीय भवनको ठेक्का अनक जोशी जेभीले पाएको थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सम्झौता अवधिभित्र भवन पूरा नभएपछि एक वर्षका लागि म्याद थप गरिएको छ। अनक जोशी जेभी कञ्चनपुरका पुराना निर्माण व्यवसायी तथा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गणेश जोशीको हो।

प्रशासकीय भवनमा दोयम र अरू इँटा मिसमास गरेर काम भइरहेको छ। नगरपालिकाको आँगनमै कमसल खालका इँटा प्रयोग गरेर भवन निर्माण भइरहे पनि प्राविधिकले त्यसको अनुगमन नगर्दा उनीहरूको पनि मिलेमतोको आशङ्का गरिएको छ।

यसअघि पनि पटक पटक दोयम इँटा प्रयोग भएको प्राविधिक स्वयंले स्वीकारेका छन्। दुई महिनाअघि हामीले दोयम इँटा प्रयोग गरेर निर्माण भइरहेको बाल भत्काएका थियौँ, नगरपालिकाका सबओभरसियर प्रेमसिंह धामीले भने, “एकरदुई दिनयता अनुगमन गरेका छैनौँ, अब हेर्छौं।”

अनक जोशी जेभीका सञ्चालक गणेश जोशीले विभिन्न इँटा उद्योगबाट इँटा मगाउँदा कमसल खालका परेको हुन सक्ने र त्यस्ता इँटा फिर्ता गरिदिने बताए । “गुणस्तरीय सामग्री प्रयोगमा हामी प्रतिबद्ध छौँ, काम गर्नेहरूको कमजोरीले दोयम इँटा आएको रहेछ भने फिर्ता गर्छौं,” जोशीले भने ।

 

Loading...