बैतडीमा सडकमाथिबाट ढुङ्गा खस्दा एक बालकको मृत्यु, एक घाइते

बैतडी- बैतडीमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भने एक जना बालक घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका–४ रक्सौनका ९ वर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो ।

सडक तलतिर बालबालिकाहरू खेली रहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासि ढुङ्गा खसेको थियो । शुक्रवार दिउँसो बालबालिकाहरू खेली रहेको अवस्थामा देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुङ्गा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको स्थानीय बल्देव विकले बताए । कक्षा १ मा पढ्ने रेशम कलिलै उमेरमा अस्ताएपछि अहिले गाउँ शोकमा डुबेको छ ।

यस्तै ढुङ्गा लागेर सिगास गाउँपालिका३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका छन् । मामा घर आएका चुनारा पनि बालबालिकाहरूसँगै खेल्न गएका थिए । उनको धनगढीमा उपचार भइरहेको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.