बैतडीमा प्रसूतिलाई प्रदुषित पानी

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा ३० हजार लिटरको भूईं पानी ट्यांकी छ। खानेपानीको चरम समस्या खेपिरहेको उक्त स्वास्थ्य चौकीमा आकासे पानी र ट्यांकरबाट पानी ल्याएर भरिन्छ। ट्यांकीमा एकपटक पानी भरेपछि २ देखि ३ महिनासम्म त्यसैले काम चलाउने गरिएको छ। पानी लामो समयसम्म ट्यांकीमा जम्मा भएर बस्ने र सरसफाइसमेत नहुने भएकाले त्यहाँ भ्यागुता र चेपागाँडा देखिने गरेका छन्। सोही पानी स्वास्थ्य चौकीमा प्रयोग हुन्छ।

Ganyapdhura gau
Dadeldhura hospital

‘भुईं पानी ट्यांकी हो, निकासको व्यवस्था छैन। पानी जमेर बस्छ, फोहोर धेरै नै छ’, पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले भने। पशुहरूलाई समेत दिन नमिल्ने खालको पानी सुत्केरी सेवा र अन्य सरसफाइको कार्यमा प्रयोग गर्ने गरिएको स्वास्थ्य चौकी इन्चार्ज सार्कीले बताए। खानेपानीको व्यवस्था नहुँदा चरम समस्या भोग्नु परेका उनले गुनासो गरे। भुँई ट्यांकीमा मात्रै नभइ आकासे पानीले भरिने प्लाष्टिक ट्यांकीमा समेत फोहोर जमेर चेपागाँडा देखिएका छन्।

Navadurga sun
Godawari sandesh

सुत्केरीका लागि प्रयोग हुने उक्त पानीले महिलामा पाठेघरको समस्या देखिन थालेको छ। पञ्चेश्वर गाउँपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाभरी ११० जना महिलामा पाठेघरको समस्या देखा परेको तथ्यांक छ। पञ्चेश्वर स्वास्थ्य चौकीमा मात्रै पाठेघरको समस्या देखिएका १०३ जना महिलाले सेवा लिएका छन् भने बाँकी ७ जना महिलाले सोही गाउँपालिकाको अन्य ५ वटा स्वास्थ्य चौकीमा सेवा लिएका छन्।

पञ्चेश्वर स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिएका महिलामध्ये अधिकांस महिलामा प्रदुषित पानीकै कारण पाठेघरमा समस्या देखिएको स्वास्थ्य चौकी ईन्चार्ज सार्कीको दाबी छ। ‘यस स्वास्थ्य चौकीबाट सुत्केरी सेवा लिएका अधिकांश महिला पाठेघरको समस्या लिएर आउने गरेका छन्,’ सार्कीले भने ।

Loading...