बैतडी – बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट अवैध सुनसहित पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार साँझ करिब ८१ ग्राम तौलको सुनका ब्रासलेटसहित पक्राउ गरेको बताइएको छ ।
कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त ब्रासलेट लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
