बजेट अभावमा पशु क्वारेन्टिन सेवा बन्द

कञ्चनपुर- बजेट अभावका कारण पशु क्वारेन्टिन कार्यालयले सेवा बन्द गरेको छ । सोमबारदेखि भारतबाट आयात हुने तथा नेपालबाट भारततर्फ निर्यात हुने सामग्रीको परीक्षण तथा जाँचलगायतको काम बन्द भएको हो ।

Ganyapdhura gau

चालु आर्थिक वर्षको बजेट भाषणमा तीनवटै क्वारेन्टिनलाई गाभेर भन्सार कार्यालयभित्रै राख्ने घोषणा गरिएको थियो । तर क्वारेन्टिनहरू नगाभिँदै बजेट रोकिएपछि सेवा प्रवाह गर्नै समस्या भएको भन्दै नाकामा हुने जाँचदेखि परीक्षणको काम बन्द भएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘गत वर्ष पनि बजेट आएन, अहिले पनि बजेट नआउँदा परीक्षण किटदेखि अन्य सामग्री खरिद गर्नै नसकिने भयो,’ पशु क्वारेन्टिन कार्यालय कञ्चनपुरका प्रमुख डा. उत्तम आचार्यले भने, ‘विभागबाटै सेवा बन्द गर्न परिपत्र भएको छ । बजेट अभावमा कार्यालय खोल्ने कर्मचारीको समेत अभाव हुने भयो ।’

उनका अनुसार अहिले सवारी चालकदेखि कार्यालय सहयोगी सबै करारमा छन् । बजेट नआएपछि ती कर्मचारीको करार थप गर्न नसक्दा कार्यालय खोल्ने कर्मचारीको समेत अभाव भएको हो ।

भारतबाट आयात हुने पशुपन्छी तथा पशुपन्छीजन्य सामग्रीको जाँचदेखि अनुगमन, निगरानी र आवश्यक भए नष्ट गर्नेसम्मको काम पशु क्वारेन्टिन कार्यालयले गर्दै आएको छ ।

खासगरी कुखुराको दाना, औषधि, माछा र अन्य पशुपन्छीको जाँच नाकामा पोस्ट राखेरै भइरहेको थियो । सोमबारदेखि ती सबै पोस्टबाट प्रदान हुने सेवासमेत बन्द भएको छ ।

 

Loading...