कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुर- कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ सत्याल फाँटामा नारायणदत्त भट्टको दुई तले टिनले छाएको ईट्टाको घरमा हिजो दिउँसो विद्युतको तार सर्ट हुदा आगलागी भएको हो।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद दुई हजार रुपैयाँ गरेर अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।आगलागी प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...