होटलमा बेहोस भेटिएका युवकको मृत्यु, एक युवती पक्राउ

धनगढी- कञ्चनपुरको एक होटलमा बेहोस अवस्थामा फेला परेका युवकको मृत्यु भएको छ। महेन्द्रनगरमा रहेको डिलाइट होटलमा बेहोस अवस्थामा भेटिएका धनगढीका युवकको मृत्यु भएको हो।

Ganyapdhura gau
Dadhaldhura pur

शुक्रबार होटलमा बेहोस अवस्थामा फेला परेका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी स्थित भगवती टोलका ३७ वर्षीय विष्णुु पनेरुको शनिबार मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

Navadurga sun

उनको मृत्यु भएपछि पनेरु बेहोस अवस्थामा भेटिएको होटलको कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। सापकोटालाई शनिबार धनगढीबाट पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...