वर्तमान सरकार सत्ता टिकाउन जस्तोसुकै घटिया काम पनि गरिरहेको छ : ज्ञवाली

धनगढी- नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा स्कुल विभााग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार सत्ता टिकाउन जस्तोसुकै घटिया काम पनि गरिरहेको बताएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ज्ञवालीले यस्तो बताएका हुन्।

Navadurga sun
Godawari sandesh

‘सत्ता टिकाउन अहिलेको सरकार जस्तोसुकै घटिया काम गर्न थाल्यो’, ज्ञवालीले भने । उनले ललिता निवास प्रकरणमा निर्णय गर्नेहरु गठबन्धनमै रहे पनि सरकारले उनीहरुसँग सोधपुछ गर्ने सम्मको हिम्मत नगरेको बताए ।

‘ललिता निवास जग्गा प्रकरणमा निर्णय गर्नेहरु गठबन्धनमै छन्, सरकारले उनीहरुलाई सोधपुछसमेत गरेन, यसलाई कसरी निष्पक्ष भन्ने?’, ज्ञवालिले प्रश्न गरे । व्यापार घाटा डरलाग्दो अवस्थामा रहे पनि सरकार त्यसबारेमा छलफलमै जान नचाहेको उनले आरोप छ।

 

Loading...