धनगढीको एक पसलमा आगलागी

धनगढी- कैलालीस्थित धनगढीको एक पसलमा आगो लागेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को जिएस आटो पार्टस्मा आगलागी भएको हो।

जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का सुरज चौधरीले सञ्चालन गरेको पसलमा विद्युतको तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले आगलागीबाट ६० लाख बराबरको क्षति भएको बताए। उनले प्रहरी, स्थानीय र दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको बताए। आगो लागेको घर पावर्ती पाण्डेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...