कञ्चनपुरबाट अवैध कपडासहित दुई जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरबाट साढे १५ लाख बढीको अवैध कपडा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भिमदत्त नगरपालिका – ६ बाट १५ लाख ५७ ४८० रुपैयाँको अवैध कपडा बरामद गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

भिमदत्त नगरपालिक -६ स्थित भानु पार्टी प्लेस नजिकै रहेको घटाल दृष्टि मार्केटिङको गोदामबाट भन्सार छली ल्याएको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navadurga sun
Godawari sandesh

बरामद गरिएका कपडाहरूमा कुर्ता सुरुवाल, मखमल सुट, पेटिकोटको कपडा,म्याक्सी कपडा, सुतीको धोती, गम्छा (तौलिया), सर्टको कपडा, पाइन्ट सर्ट कपडा, रातो सेतो सारी लगायत सामान रहेको प्रहरीले जनाएको छ।पसलका सञ्चालक चन्द्र सिंह विष्ट सहित २ जनालाई पनि पक्राउ गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ ।

 

 

 

Loading...