धनगढी- कैलालीको धनगढीका दुई युवक लागू औषध सहित कञ्चनपुरबाट पक्राउ परेका छन्। कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ४ मा भारतको बसहीबाट नेपाल आउँदै गरेका धनगढी ५ बस्ने २९ वर्षका लक्ष्मण खड्का र सोही ठाउँका २० वर्षीय आदित्य चौधरीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो।



इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरबाट प्रहरी सहायक निरीक्षक वसन्त भुलको कमाण्डमा सादा पोशाकमा खटिएका प्रहरी जवान नरेश बोहरा र महेश विष्टको टोलीले आज मङ्गलवार उनीहरूको साथबाट ८४० मिलिग्राम लागु औषध बरामद गरेको हो।


साथै सुदूरपश्चिम प्रदेशको ०१९००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत बरामद गरी दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।