दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु

दाङ- दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सल्यान बागचौर नगरपालिका– ४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका– ७ मामाघरमा आएका मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो।

सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...