कञ्चनपुरबाट भन्सार छलीका अवैध सामानसहित कार बरामद

 

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले भन्सार छलीका अवैध सामानसहित भारतीय नम्बर प्लेटको कार बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–४ बजारबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न सरसामान र कार बरामद गरेको हो। उक्त कारमा सवार भारतीय नागरिक देवांश अग्रवाल पनि पक्राउ परेका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार कार र सामानसहित करिब ७ लाख ९९ हजार ७ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ।

Navadurga sun
Godawari sandesh

खुण्टि, चुकुल, ताला र स्टेसनरीका सामानसहित कार बरामद गरिएको हो। कानुन बमोजिम बरामद गरी ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको प्रहरीले जनाएको छ।

Loading...