आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं- आज कोशी, बाग्मती र गण्डकीका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मधेस प्रदेशसहित अरु थोरै ठाउँमा पानी परिरहेको छ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको र कतैकतै पानी परिरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो पानी पर्ने अनुमान गरिएको कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए ।

Navadurga sun
Godawari sandesh

आज राति कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

काठमाण्डौ उपत्यकाका केही ठाउँमा हिजो बेलुका मुसलधारे वर्षा भएको थियो । मनसुन सक्रिय नै रहेकाले आज पनि काठमाण्डौ उपत्यकाका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए ।

Loading...