धनगढीमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ

धनगढी- कैलालीमा दुई महिला भन्सार छलिका सामानसहित पक्राउ परेकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ घलेचोक एरियाबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको अन्दाजी एक लाख ३१ हजार पाँच सय ३३ मुल्य बराबरको झ्यालको पर्दा, हेडफोन, मिनि स्पिकर, लेडिज सुट लगायतका सामानसहित धनगढी उपमहानगरपालिका–७ कि ३५ वर्षीया विन्द्रा राना र सोही ठाउँकी ३८ वर्षीया सुवर्णा रानालाई प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको हो। सामान सहित उनीहरुलाई कारबाहीकालागि भन्सार कार्यालय त्रिनगर पठाईएको प्रहरीले जनाएको छ।

यस्तै धनगढी उप–महानगरपालिका–३ बाट अबैध रुपमा भन्सार छलि अन्दाजी ४८ हजार ९ सय मुल्य बराबरको सुर्ती, प्लाष्टिक झिल्ली, चिनी, पास्ता, नरिवल, बिष्कुट, मिठाई लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...