अछाममा दाहसंस्कारका लागी घाट जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २३ घाइते

धनगढी- अछाममा दाहसंस्कारका लागी घाट जाँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पन्चदेवल नगरपालिका–४ कालिका स्थान भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Dadeldhura hospital

पन्चदेवल नगरपालिका–४ कै ६० बर्षिय जहरी कामीको लास लिएर घाट तर्फ जाँदै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।दुर्घटनामा परी सोही ठाउँका २२ बर्षिय बृख विकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

ट्याक्टर दुर्घटनामा परी २३ जना घाइते भएका छन् । २३ मध्ये ४ को अवस्था गम्भीर रहेको छ भने १९ जनाको अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

 

Loading...