आजबाट राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण सुरु

काठमाडौं, १ असार- राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण आज (मंगलबार) बाट सुरु हुने भएकाे छ । गत जेठ २१ गतेबाट सुरु हुने भनिएको भए पनि केही दिनका लागि स्थगित भएको प्रशिक्षण आजबाट सुरु हुन लागेको हो। कोभिडको टेस्ट र उपत्यका बाहिरका खेलाडी आइनपुगेका कारण समयमै सुरु हुन नसकेको खेल आज दिउँसोबाट अभ्यास सुरु हुने एनभीएका सचिव मनवीर छन्त्यालले जानकारी दिए ।

यता जारी निषेध आदेश जारी रहे पनि अधिकांश खेलाडी आइपुगेकाले प्रशिक्षण सुरु गर्न लागेको उनले बताए। उनले अभ्यास स्थगित गर्ने क्रममा पनि प्रशिक्षणका लागि निषेध आदेश सकिने बेलासम्म नपर्खिने पनि बताएका थिए। भलिबल संघले सम्भव भएका सबै खेलाडीहरूलाई यो निषेध आदेश नखुले पनि प्रशिक्षणमा बोलाएको थियो।

Navadurga sun

संघले बोलाएको ३० खेलाडीमध्ये अहिले २५ खेलाडी प्रशिक्षणका लागि आइपुगेका छन्। तीन खेलाडी विभागीय तालिममा रहेछन्। त्यस्तै अरू दुई खेलाडी पनि आउने क्रममा रहेकाे छन्त्यालले बताए । यसअघि काठमाडौंमा रहेका खेलाडीलाई बोलाएर प्रशिक्षण गराउनेबारे कुरा भए पनि कोभिड–१९ को परीक्षण गर्नुपर्ने भएका कारण ढिलाइ भएको बताएका थिए।

संघले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरेर प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो। साथै जेठ १४ गते बसेको संघको बैठकले जगदिश भट्टलाई टिम सम्हाल्ने जिम्मेवारी दिने बताएको थियो।
प्रशिक्षणका लागि संघ उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्ट र प्रज्वलबहादुर सिंहको छनोट समितिले खेलाडी छनोट गरेको थियो। साथै ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठले पाएकी छन्। फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु हुन लागेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...