
कञ्चनपुर- कञ्चनपुरस्थित महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । कृष्णपुर नगरपालिका वडा नम्बर ६ मौरीफाँटा बस्ने करिब २८ वर्षीय जनक भट्टले गएराति महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट नदिमा हाम फालेका थिए ।



उनको अवस्था अज्ञात छ । के कारणले उनले नदीमा हाम फाले भन्ने कुरा अहिलेसम्म खुलेको छैन । भट्टको खोजिकार्यका लागि सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायतको उद्धार टोली परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

