अत्तरिया– कैलालीको अत्तरिया उधोग बाणिज्य संघले व्यावसायिहरुको सुझाव संकलन गरेको छ । संघले आगामी कार्य योजनाको बारेमा कार्यालयमा नै बोलाएर शनिबार सुझाव संकलन गरेको हो । सुझावका क्रममा ब्यबसायीहरुले संघको नंया नेतृत्वले व्यावसायिहरुको हकहितमा काम गर्नुपर्ने सुझाव दिएका थिए ।



सुझाव दिने अधिकांस ब्यबसायीहरुले अहिले संघमा आएको नेतृत्व आफैंमा ब्यबसायी भएकाले अब बिगतका कमि कमजोरीलाई सच्चाएर अघि बढनु पर्नेमा जोड दिएका थिए । सबैका सुझाव सुनिसकेपछी संघका अध्यक्ष कल्याण सिँ बोहराले आफुहरु राजनीति गर्न संघमा नआएको प्रष्ट पारेका छन् ।


उनले भने- “हाम्रो कुनै स्वार्थ छैन, संस्था बनाउने हो तपाईंहरुले बिश्वास गरेर पठाउनु भएको छ । तपाईंहरुको सहयोग भएन भने हामी अपुणर् नै हुन्छौ । केही न केही चेन्ज गर्ने भनेकै छौँ । तपाईंहरु कै सहयोगमा अहिले कम्पाउन्डमा तारी जाली लगाउन शुरु गरेका छौ । हिजो एक जना कार्य समितिकै साथी भन्दै थिए अध्यक्ष ज्यु यो घर हाम्रै कार्यकालमा बनाउन पर्यो म एक लाख दिन तयार छु । साथीहरूले यसरी उत्साहित बनाईरहनु भएको छ , अब सहयोगको लागि तपाईंहरु समक्ष पनि आउने छौं ।” उनले आफू सदैव सबै ब्यबसायीको पक्षमा सदैव काम गर्ने उदघोष समेत गरेका छन् ।