कैलालीका नदीमा देखिन थाले डल्फिन

धनगढी- कैलालीका नदीहरूमा जलस्तर बढेसँगै डल्फिन देखिन थालेका छन् । विश्वकै दुर्लभ मानिने डल्फिन यहाँ देखिन थालेका हुन् । मोहना, पथरैया, काँडालगायतका नदीमा जलस्तर बढेसँगै डल्फिन देखिन थालेको संरक्षणकर्मी बताउँछन् । गतवर्ष जेठको ३० गतेबाट डल्फिन देखिन सुरु गरेको थियो भने यसवर्ष असारको दोस्रो साताबाट देखिन थालेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

गतवर्ष यस समयमा ठूला र साना गरी ४५ वटा डल्फिन देखिएको थियो । ‘यसवर्ष असार १६ गते पहिलो चरणमा चारवटा डल्फिन देखा परेका थिएु, उनले भने ‘बुधबार पानीको बहाव बढेको हुँदा एकैपटक १२ वटा देखिएको छ ।’ यहाँका नदीमा जेठ अन्तिम सातादेखि नै डल्फिन देखिन थाल्छन् । तर, यो वर्ष मनसुन ढिलो गरी सक्रिय भएकाले असार दोस्रो सातादेखि मात्रै डल्फिन देखिन थालेका हुन् ।

Navadurga sun
Godawari sandesh

‘डल्फिन खेल्नका लागि अझै पनि नदीमा पानी पर्याप्त छैन’, उनले भने, ‘तर, अब नदीमा डल्फिनको सङ्ख्या थपिँदै जाने अपेक्षा गरेका छौँ ।’ मनसुनभर यहाँका नदीमा डल्फिन देख्न सकिन्छ । कर्णाली नदीको रैथाने र भारतको घांघरा नदीबाट जनविहारका लागि डल्फिन आउने गरेको बताइन्छ । मनसुनमा यहाँ देखिने गङ्गेटिक प्रजातिको डल्फिन चेतनशील जल प्राणी हुन् । उनीहरूले मानिसलाई हानी पुर्‍याउँदैनन् ।

यहाँ डल्फिन हेर्न विभिन्न देशबाट मानिसहरू पुग्ने गरेका छन् । पर्यटकको लागि यहाँ होमस्टेको आवश्यकता रहेको ढुङ्गाना बताउँछन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयुसीएन) ले यो प्रजातिलाई लोपोन्मुख भन्दै रातो सूचीमा राखेको छ । विश्वमै दुर्लभ यो जलप्राणी कैलालीको नदीहरूमा बच्चा हुर्काउनका लागि आउने गरेको स्थानीय संरक्षणकर्मीहरू बताउँछन् ।

Loading...