अत्तरिया उद्योग वाणिज्य संघकाे पहलमा अत्तरिया बजार सर-सफाई

अत्तरिया- कैलालीको अत्तरिया उद्योग वाणिज्य संघले अत्तरिया बजार सरसफाइ गरेको छ । गोदावरी नगरपालिकाको सहकार्यमा बजार सरसफाइ गरिएको हो ।

बजार सफाईमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र बजारका व्यावसायिहरुको पनि सहभागीता रहेको थियो । गोदावरी नगरपालिकाको समन्वयमा अत्तरिया उद्योग वाणिज्य संघले बजार सरसफाई गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सरसफाई कार्यक्रममा संघका पदाधिकारीहरुका साथै शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, व्यापारी तथा नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

संघका अध्यक्ष कल्याण सिँह बोहराले बजारको दुर्गन्धित अवस्था देखेर सरसफाई कार्यक्रम आयोजना गरिएको बताए । उनले जुनसुकै कुरामा पनि नगरपालिकाकै मुख ताक्ने परिपाटीलाई चिर्न पनि सरसफाई कार्यक्रम आयोजना गरिएको बताए । उनले सरसफाई कार्यक्रमलाई मासिक रुपमा लैजाने योजना बनाएको समेत बताए ।

व्यावसायिहरु बजारको सरसफाइमा स्वयं सचेत रहनु भन्ने सन्देश दिन सरसफाइ कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष कल्याण सिँ बोहराले बताए ।

Loading...