बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नै निशान छाप र पालिका गान बनाउँदै

बैतडी- बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नै गान, निशान र नारा बनाउने भएको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले रचनाका लागि आह्वान गरेको छ । गाउँपालिकाले आफ्नै मौलिक पहिचानलाई जोड दिदै गान, निशान र नारा बनाउन लागेको हो ।

Ganyapdhura gau

रचनाकारले एक महिनाभित्र सम्पर्क गर्न सक्नेछन् । गाउँपालिकाको विशिष्ट र मौलिक पहिचान झल्किने खालको रचना तयार गर्नुपर्ने जनाइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

डिलासैनीको प्राकृतिक संरचना, धर्म, रीति संस्कृति, सम्भावनाका क्षेत्र, र समग्र डिलासैनीको पहिचान झल्किने खालको सामाग्री तयार पार्नुपर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए ।

गान, निशान र नारा तयार पार्ने रचनाकारलाई उचित पुरस्कारको पनि व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष जोशीले बताए ।३० दिनभित्र रचनाकारले सम्पर्क गर्न सक्नेछन् ।

त्यसपछि पालिकाले छनौट समिति गठन गरी त्यसपछि प्रक्रियामा अघि बढ्ने गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाको दरशथचन्द नगरपालिकाले पनि पालिकाको लोगो तयार गरेको थियो ।

 

Loading...