बहुविवाह मुद्दाका फरार कसुरदार पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- बहुविवाह मुद्दामा फरार एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका ८ का कृष्ण रानालाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Ganyapdhura gau

रानालाई बहुविवाह मुद्दामा जिल्ला अदालत कञ्चनपुरले ०७८ पुस ४ गते १० महिना ४ दिन कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो । उनी सोही दिनदेखि फरार रहेका थिए । बुधबार पक्राउ गरी जिल्ला अदालतमा पेस गरेर तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको डीएसपी प्रकाश डांगीले बताए ।

 

 

Loading...