सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री रावलद्वारा जनता आवासको अनुगमन

महेन्द्रनगर- सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावललगायतको टोलीले जनता आवास कार्यक्रम मार्फत निर्माण गरिएका घरहरुको अनुगमन गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

भीमदत्त नगरपालिकाका बिभिन्न वडाहरुमा निर्माण गरिएका घरहरुको निवर्तमान मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता रावल, कञ्चनपुर क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य प्रकाश रावल र हिरा सार्कीलगायतको टोलीले अनुगमन गरेको हो। टोलीमा तीन जना प्राबिधिक पनि सम्मिलित छन्।

Navadurga sun
Godawari sandesh

भीमदत्त नगरपालिका वडा नं. १ मा जनता आवास कार्यक्रममार्फत ३ घर, वडा नं. ३ मा २ घर, वडा नं. ५ मा ५ घर, वडा नं. ७ मा ३ घर, वडा नं. १९ मा २ वटा घर निर्माण गरिएका छन्। विपन्न तथा दलित समुदायको घर निर्माणका लागि प्रदेश सरकारले गत आव ०७९/०८० मा १ करोड रुपैया बिनियोजन गरेको थियो।

श्रमदानलगायत प्रति घर निर्माणका लागि ३ लाख ३६ हजार रुपैयाँ प्रदान गरिएको थियो। आज पनि भीमदत्तका अन्य वडाहरुमा निर्माण गरिएका आवासहरुको अनुगमनको कार्यक्रम रहेको छ।

 

Loading...