
कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव घटेसँगै शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारी साधनको आवागमन पुनस् सञ्चालन भएको छ ।चारपांग्रे सवारी साधनलाई मंगलबार बिहानैदेखि बन्द गरिएकोमा बुधबारदेखि सुचारु गरिएको हो ।



बुधबार बिहानको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ३ हजार क्युसेक पुगेको छ । साथै जलस्तर घट्ने क्रममा रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । मंगलबार बिहान नदीमा पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेको थियो ।

