कैलाली–कञ्चनपुरका राना समुदायमा ‘सावनको डोला’को रौनक

कञ्चनपुर- कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ। राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ। यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन्।

Ganyapdhura gau

सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ। राना थारू समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ।

Navadurga sun
Godawari sandesh

यस वर्ष मलामासका कारण भदौ २ गते तीज मनाउने निर्णय गरे पनि त्यसअघी परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन्। यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकार बताउँछन्।

भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन १ गते नै राना गाउँमा सावनको डोला (पिङ) हालेको बताए। ‘हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व यस वर्ष मलामासका कारण भदौ २ गते मनाउने निर्णय गरेका छौँ’, उनले भने, ‘तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ।’

Dadeldhura hospital

उनले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिए। राना समुदायका महिलाहरूले दाजुभाइ र भतिजाहरुको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको राजमती रानाले बताइन्।

छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिना अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उनले जानकारी दिइन्।

‘हामी साउन महिनाभर सावनकी डोला मनाउँछौँ,’ राजमतीले भनिन्, ‘सावनकी डोलामा दिदीबहिनी तथा साथीभाइसँग रमाइलो हुन्छ।’ छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको राना समुदायका अग्रज बताउँछन्।

‘राना समुदायका पर्वहरु पुस्तान्तरण हुन सकेका छैनन्’ समुदायका जानकार सेटसिंह रानाले भने, ‘बदलिँदो समयसँगै हाम्रा पर्वहरु पनि लोप हुन थालेका छन्।’ उनले अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताए।

‘अहिलेका युवालाई यसप्रति चासो छैन धेरै रोजगारीका लागि बाहिर छन्’, उनले भने, ‘हाम्रा परम्पराहरु अन्य समुदायको भन्दा पृथक छन् यसको पुस्तान्तरण हुनु जरुरी छ।’ रासस

 

Loading...