यू–१६ विजेता भट्ट बैतडीमा सम्मानित

बैतडी- मेलौली नगरपालिकाले यू–१६ को उपाधि विजेता खेलाडी नरेन भट्टलाई सम्मान गरेको छ। केही दिनअघि मलेशियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका खेलाडी भट्टलाई मेलौली नगरपालिकाले सम्मान गरेको हो।

Ganyapdhura gau

मंगलबार एक कार्यक्रमबीच एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका खेलाडी भट्टलाई नगरपालिकाले दोसल्ला, सम्मानपत्रसहित सम्मान गरेको नगरप्रमुख भीमबहादुर चन्दले बताए।

Navadurga sun
Godawari sandesh

यसैगरी नगरपालिकाले भट्टलाई प्रोत्साहन स्वरूप ५० हजार दिने निर्णय गरेको नगरप्रमुख चन्दले बताए।

Dadeldhura hospital

ओपनर ब्याटर नरेन मेलौली नगरपालिका–७ काँडाका हुन्। भट्टले मलेशियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। एसिसी यू–१६ मा ब्याटर भट्टले मलेशियासँगको फाइनल खेलमा ८९ बलमा १० चौका र २ छक्का सहित ११२ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए।

भट्टले आफ्नो क्षमता र खेल कौशलमार्फत नगरपालिकाको र देशकै शिर उच्च पारेको नगर प्रमुख चन्दले बताए। भट्टको आगामी खेलकुद यात्रा सफल बनोस् भनेर नगर उपप्रमुख पार्वती बोहरा विष्टले शुभकामना व्यक्त गरिन्।

नगरपालिकाले गरेको सम्मानपछि खुसी व्यक्त गर्दै खेलाडी भट्ट आगामी दिनमा पनि क्रिकेटमा लागिरहन प्रेरणा मिलेको र आफ्नो मेहनत जारी राख्ने बताए।

सम्मान कार्यक्रममा नगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरूलगायत उपस्थित थिए। यसअघि सोमबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी मेलौलीले पनि भट्टलाई सम्मान गरेको थियो।

Loading...