महाकाली नदीमा नुहाउन गएका किशोर बेपत्ता

कञ्चनपुर- कञ्चनपुरस्थित महाकाली नदीमा एक किशोर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका ११ भुजेका स्थानीय १७ वर्षीय किशोर नदीमा बेपत्ता भएका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

सोमबार साँझ साढे ५ बजेतिर पौडीसँगै माछा मार्न नदीमा पसेका युवक क्रिस सुनार बेपत्ता भएको प्रहरीले जनाएको छ। माछा मारेर घर फर्किने क्रममा जालसँगै अड्किएर सुनार बेपत्ता भएको स्थानीय अम्बादत्त जोशीले बताए।

Navadurga sun
Godawari sandesh

‘सहकर्मीसँगै नदीमा पौडी खेल्नेदेखि माछा मारेर फर्किने क्रममा जाल खुट्टामा अड्किएपछि उनी नदीमै हराए। अर्का युवक नदी तरेर फर्किए, उनले भने, ‘यो साउने उर्लिँदो महाकालीमा सुनार बेपत्ता भएका छन्।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बेपत्ता भएका किशोरको खोजी कार्य भइरहेको बताए। ‘हामीलाई सूचना आएलगत्तै हाम्रो टोलीसहित सशस्त्र प्रहरीको टोली घटना स्थलमा परिचालन भएको छ,उनले भने, ‘नदीमा हराएका किशोरको खोजी कार्य जारी छ।’ बाढी आउने समयमा ठस्ला नदी तथा खोलामा नुहाउने, तर्ने जोखिम नलिन नागरिक समाजले आग्रह गरेको छ।

Loading...