बैतडीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

बैतडी- दशरथचन्द नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा ट्र्याक्टर चालक कैलाली घर भएका सुरेन चौधरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

दशरथचन्द–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको सुप प्र ०१ –००२ त ६३८९ नम्बरको ट्याक्टर सोमबार साँझ करिब ७ बजे वडा नम्बर ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो। ट्र्याक्टर सनकट्या भिरबाट करिब ३०० मिटर तल खसेको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...