कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिम

महेन्द्रनगर- नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित इन्टरनेशनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो ।

Ganyapdhura gau

तीनवटै विद्यालयमा माध्यमिक तहका १८/१८ छात्ररछात्रा छनोट गरी तालिम दिन थालिएको छ । नेपाली सेनाले मुलुकभर चालु आर्थिक वर्षमा सात हजार सात सय विद्यार्थीलाई एकसाथ उक्त तालिम प्रदान गर्न लागेको सेनाले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न दशकौंँदेखि सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।

“युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम दिन थालेका हौँ”, उनले भने–“राष्ट्रिय सेवा दलको आफ्नै इतिहास र महत्व छ ।”

तालिमको उद्घाटन गुल्मपति सेनानी श्रेष्ठ र सहायक गुल्मपति सह–सेनानी मनोज जिसीले गरेका थिए । तीन महिनासम्म सञ्चालन हुने जुनियर तालिमपश्चात् प्रशिक्षार्थीलाई बाँकेको कोहलपुरस्थित कौशिलानगरमा थप २१ दिन तालिम प्रदान गरिनेछ । कञ्चनपुरमा सिनियरतर्फ यहाँका दुई विद्यालयमा आगामी भदौ पहिलो सातादेखि तालिम सञ्चालन हुने सेनाले जनाएको छ । रासस

 

Loading...