मजगाउँमा थारु होमस्टे सञ्चालन

धनगढी- कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँमा थारु होमस्टे सञ्चालनमा आएको छ । थारु खानपान, कला–संस्कृति, भेषभूषाको संरक्षण एवं संवर्द्धन तथा पर्यटकको न्यानो आतिथ्यताका लागि गाउँमा ‘मजगाउँ थारु होमस्टे’ सञ्चालनमा ल्याइएको हो ।

होमस्टेको आइतबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशसभा सदस्य दीर्घ सोडारीले उद्घाटन गरेका छन् । उनले होमस्टे अत्तरिया र धनगढीको बिचमा राम्रो सम्भावना भएको क्षेत्रमा स्थापना भएको बताए । उनले होमस्टेमा थारु कला संस्कृति सँगै खानाका परिकारको पनि प्रचारप्रसार गरिनुपर्ने बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

थारु होमस्टे स्थानीय कल्पना चौधरीले सञ्चालनमा ल्याएकी हुन् । अहिले तत्काल एउटा घरबाट सुरु गरिएको होमस्टे छिट्टै ५ वटा घरबाट पाहुनाको सत्कार गर्ने तयारी गरिएको उनले बताईन् । होमस्टेमा गाउँघरका परम्परागत संस्कृति, रहनसहन र थारु खानपानका परिकारहरू पाइने उनले बताईन् ।

बजारको कोलाहलपूर्ण वातावरणमा बसिरहेका मानिसहरूले फुर्सदको समयमा परिवार तथा साथीभाइसँग मिलेर थारु होमस्टेमा आनन्द लिन सकिने उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, वडा नम्बर ८ का वडाध्यक्ष गोविन्द चौधरी, वडा सदस्य, भलमन्सा, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

 

Loading...