कैलालीबाट लागुऔषधसहित ६ जना पक्राउ

धनगढी- कैलालीबाट लागुऔषधसहित एकैदिन ६ जना पक्राउ परेका छन्। लागुऔषधमा संलग्न पाँच जना युवक र एक जना युवती पक्राउ परेकी हुन्। गोदावरी नगरपालिका–४ गोदावरीबाट दुई ग्राम ८६० मिलीग्राम लागुऔषधसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैबाहकी २० वर्षीया कबिता बस्नेतसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट १० ग्राम लागुऔषधसहित धनगढीकै बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका–२ घर भएका २२ वर्षीय मनोज चन्द पनि शनिबार साँझ पक्राउ परेका छन्।

Navadurga sun

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। साथै डडेल्धुरा अमरगढी नगरपालिका–५ का २४ वर्षीय आकाश भट्ट पनि लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ पक्राउ परेका छन्।

प्रहरीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट दुई ग्राम तीन सय मिलिग्राम लागुऔषधसहित धनगढी–४ का २८ वर्षीय रबि चौधरीलाई पनि शनिबार साँझ नै पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...